Breaking News

टेकु अस्पताल भन्छ – १०० डिग्री ज्वरो आए मात्रै पिसिआर परीक्षण निशुल्क हुन्छ

Banner

काठमाडौँ, कात्तिक २८–

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले १०० डिग्री फरेनहाइट तथा सो भन्दा माथि ज्वरो आएका व्यक्तिको मात्रै पिसिआर परीक्षण निशुल्क हुने जनएको छ ।

एक सूचना प्रकाशित गर्दै अस्पतालले अन्य व्यक्तिहरुको परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क लिइने अस्पतालको सूचनामा उल्लेख छ ।

यसअघि सरकारले सबै सरकारी अस्पतालमा कोरोना परीक्षण तथा उपचार निशुल्क गर्ने जनाएको थियो।

तर टेुक अस्पतालले स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार लक्षणबाहेकका व्यक्तिको परीक्षण गर्नुपरेमा दुई हजार रुपैयाँ शुल्क लिइने जनाएको हो।

निशुल्क र सशुल्क गरी दिनमा जम्मा ३०० जनाको मात्रै स्वाव संकलन गरिने पनि अस्पतालले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>