कृषि

कृषकहरु भन्छन् : सरकारले किसानमैत्री ऐन तत्काल बनाउनुपर्छ

Banner

चितवन, कात्तिक २७-

राष्ट्रिय कृषक समूह महासंघले कृषिसम्बन्धी बनेका नीति नियमहरुलाई समय सापेक्ष संशोधन र अनुमोदन गर्न आह्वान गरेको छ ।

चितवनमा आज भएको राष्ट्रिय कृषक समूह महासंघको पाचौँ राष्ट्रिय परिषद्को बैठकले अहिले बनेका नीति नियम साना किसान मैत्री नभएको भन्दै ऐन संशोधन गर्न माग गरेको हो ।

महासंघका केन्द्रीय अध्यक्ष नवराज बस्नेतले समूह सञ्चालन नियमावली एवम् हितकोष व्यवस्थापन नीतिलाई प्रदेश एवम् पालिका तहमा कार्यन्वयन हुन नसकेको बताए । किसानका अधिकार नीतिगत लागू गर्न देशव्यापी दबाब दिनका कार्यक्रमहरु लैजानुपर्ने उनको विचार थियो । महासचिव रिता वस्ताकोटीले किसानको पहिचान वर्गीकरण, परिचयपत्र र सामाजिक सुरक्षाको व्यवस्था राज्यले गर्नुपर्ने बताइन् । कृषि प्रधान देशमा कृषि प्राविधिकहरु वडा तहसम्म पु¥याउन उनले माग गरिन् । सचिव रामहरि शर्माले किसानसँग सम्बन्धित किसान मैत्री नीतिहरुलाई साना किसान सामु पु¥याउनुपर्ने बताएका छन् । साथै उनले किसानहरुको उत्पादन गरेका खाद्य बालीको न्यूनतम समर्थन मूल्य तोक्न सरकारलाई अनुरोध गरे ।

राष्ट्रिय परिषद्को बैठकले कृषि अभियानकर्ता निर्माण र ७७ वटै जिल्लामा संगठन विस्तार गर्ने निर्णय गरेको छ । अहिले ५९ जिल्लामा संगठन विस्तार भएको छ । अबदेखि संस्थाका कार्यक्रमलाई समुदाय केन्द्रित गर्दै अभियानमुखी समेत बनाउने संस्थाले निर्णय गरेको छ । हाम्रो योगदान ज्ञान निर्माण र विस्तार अभियान भन्ने नाराका साथ बसेको परिषद्को बैठकले प्रगति र आर्थिक प्रतिवेदन, भावी कार्ययोजना, नीति नियमहरुको अनुमोदन, संगठन परिचालन, लेखा परीक्षकको नियुक्ती अनुमोदन समेत गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष मुनाकुमारी श्रेष्ठ, राष्ट्रिय कृषक समूह महासंघका अनुशासन समिति सदस्य लक्ष्मणप्रसाद हुँमागाई तथा ५९ जिल्लाका कृषक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

किसान अभियान्ता सिकाइ शिविर सञ्चालन

राष्ट्रिय कृषक समूह महासंघको आयोजनामा किसान अभियन्ता सिकाइ शिविर सञ्चालन गरिएको छ । महासंघका कार्यक्रमहरुलाई किसान माझ पु¥याउनका लागि चितवनमा तीन दिनसम्म अभियन्ता सिकाइ शिविरको आयोजना गरिएको महासंघकी महासचिव वस्ताकोटीले जानकारी दिइन् । आज सम्पन्न भएको शिविरमा लिवड सिइन केयरका सागर जिसी, सीइएनका लालमणि वाग्ले, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत, महासचिव रिता बास्ताकोटी, सचिव रामहरि शर्मा, केदार कोइराला, प्रतिमा पराजुलीलगायतले प्रशिक्षण दिएका थिए । शिविरमा २१ जिल्लाका अभियन्ताहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>