Breaking News

सहरलाई सुन्दर बनाउन धमाधम होर्डिङ बोर्ड हटाउँदै भरतपुर महानगर

Banner

चितवन, कात्तिक २७-

भरतपुर महानगरपालिकाले विभिन्न चोकचोकमा अनाधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड धमाधम हटाउन सुरु गरेको छ ।

महानगरलाई नै कुरुप बनाउने गरी विभिन्न ठाउँमा टासिएका होडिङ बोर्ड हटाउन थालेको महानगरका प्रवक्त एवम् भरतपुर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए । गत कात्तिक २३ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार महानगरभित्र अनाधिकृत तथा स्वीकृतरुपमा राखिएका होडिङ बोर्ड फाल्न सुरु गरिएको नारायणी अनलाइनलाई बताए ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक महिनादेखि नै सूचना निकाली हटाउन थालिएको बताए । उनका अनुसार होर्डिङ बोर्डको सट्टामा निश्चित ठाउँ र मापदण्डअनुसार डिजिटल साइनबोर्ड राख्ने तयारी महानगरले गरेको छ । डिजिटल बोर्डको टेन्डर छिट्टै खोल्ने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>