Breaking News

कलंकीमा रोकिराखेको ट्रकमा मिनीट्रक ठोक्किँदा चालकसहित ३ जनाको मृत्यु

Banner

काठमाडौं, कार्तिक २७-

काठमाडौंको कलंकीमा आज (बिहीबार) एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।

कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी अपिलराज बोहराले दिएको जानकारीअनुसार मकालु पेट्रोल पम्पछेउ रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको मिनी ट्रकले बिहीबार बिहान ३:२५ बजेतिर ठक्कर दिएको हो।

डिएसपी बोहोराका अनुसार दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको छ ।

यस्तै सोही ट्रकमा सवार तारकेश्वरका २२ वर्षी विजय तामाङ गम्भीर घाइते अवस्थामा छन् । उनी बोल्ने अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ ।

उनको अहिले कलंकीस्थित सहिद मेमोरियल अस्पतलमा उपचार भइरहेको डीएसपी बोहराले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>