चितवन विशेष

बेवारिशे व्यवस्थापनको विवाद सतहमा

Banner

चितवन, कार्तिक २६–

बेवारिशे व्यवस्थापन तथा पुनः जीवन केन्द्र चितवन शाखामा केन्द्रीय अध्यक्षले मनोमानी गर्न खोजेको आरोप लागेको छ ।
पाँच महिना अघि गठन गरिएको कार्य समितिलाई भंग गर्दै केही दिन अघि केन्द्रीय अध्यक्ष बिनयजंग बस्नेतले नयाँ कार्यसमिति बनाएपछि विवाद सतहमा आएको हो ।

संस्थाको विधानत पहिलो समितिको तीन वर्ष कार्यकाल पुरा गरि अधिबेशन मार्फत नयाँ कार्यसमिति चयन गरिनु पर्नेमा अध्यक्ष बस्नेतले आफ्नो मनोमानि ढङ्गले कार्यसमिति गठन गर्दै हिडेको संस्थाका संयोजक सिता कुवँरले जानकारी दिनुभयो । केन्द्रले बुधबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय अध्यक्षले गरेको निर्णय गलत रहेको जनाएको छ ।

संस्थालाई आधिकारीकता दिई सकेपछि संस्थाले बेवारिशे व्यवस्थापनको पाटोमा काम गरिरहेको समयमा केन्द्रीय अध्यक्षको दवाब बढ्दै गएको र उहाँले भने अनुसारका व्यक्तिलाई कार्यसमितिको पदाधिकारीमा नल्याउँदा यस्तो भएको हुन सक्ने कुवँरले बताउनुभयो । उहाँले केन्द्रिय अध्यक्षले संस्थालाई नेतृत्व दिन नसकेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो “जस्तो नाम त्यस्तै काम भएको छ । अब हामी कानुनी बाटो रोज्छौ ।”

केन्द्रीय अध्यक्ष बस्नेतले आफूहरुको आन्तरिक विवाद मिलाउनुको सट्टा झन बिबाद थप्नेकाम गरेको सह संयोजक प्रकाश थापाले बताउनुभयो । बस्नेतले पहिले रहेको समितिलाई जानकारी नगराई गौरव उपाध्यायको संयोजकत्वमा समिति गठन गरेपछि विवाद चुलिएको हो ।

यस संस्थाले लकडाउनको ५५ दिन बेवारिशे अवस्थामा जीवन चलाइरहेकाहरुलाई खाना खुवाउने, बेबारीशेको शव व्यवस्थापन गर्ने, आश्रममा लगेर राख्ने लगाएतका कामहरु गर्दै आएको छ । अहिलेसम्म ५ जना बेबारीशेको शब व्यवस्थापन गरिसकेको र १० जनालाई आफ्नै केन्द्र र आमाको घरमा राखेर सेवा दिदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>