Breaking News

चितवनमा रगत लतपतिएको सेतो टिसर्ट लगाएर हिंसा विरुद्ध प्रदर्शन

Banner

चितवन, कात्तिक २५

देशभर महिला, दलितमाथि भइरहेको हिंसा विरुद्ध चितवनमा प्रदर्शन भएको छ ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको आयोजनामा भरतपुरको चौबिसकोठीमा मंगलबार प्रदर्शन गरिएको हो । सांकेतिक रुपमा सेतो टिसर्टमा रगत दलेर, औला काटेर, निधार र औलामा पट्टी बाधेर प्रदर्शन गरिएको हो । प्रदर्शनको क्रममा बोल्दै वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य राजेश्वरी सुवेदीले महिला,दलितमाथी हुने विभीन्न किसीमका हिंसाका कारण रगत धेरै बगिसकेकाले सरकारलाई  जिम्मेवार बन्न  दबाब स्वरुप सांकेतिक रुपमा औला काटेको रगत देखाएर विरोध गरेको बताइन् ।

सरकार, प्रशासनले बलात्कारजन्य घटनाको मुकदर्शक बनेको बताउँदै उनले चुप लागेर बस्न सक्ने अवस्था नरहेको बताउँदै महिला दलित विरुद्ध भएका जघन्य अपराधका विरुद्ध उठ्न सबैलाई आव्हान गरिन् ।

प्रदर्शनमा पार्टीका प्रदेश २ का संयोजक दिपनारायण दासले मधेसमा धेरैजसो दलित, महिलामाथि हत्याहिंसा बढेको बताउँदै अब आन्दोलनमा उत्रने चेतावनी दिए । प्रदर्शनमा ‘जातव्यवस्था अन्त्य गरौं, बलात्कारी खबरदार, बलात्कार जोगाउने सरकार खबरदार’ लगायतका नारा लगाएका थिए । यसका साथै चौबिसकोठीदेखि हाकिमचोकसम्म ¥याली पनि निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>