खेलकुद

लोकप्रिय गेम पब्जी खेलेरै नेपाली युवाले कमाए ७१ लाख

Banner

काठमाडौं, कार्तिक २५-

नेपाली युवाहरुले लोकप्रिय गेम पब्जी खेलेरै ७१ लाख रुपैयाँ पुरस्कार जितेका छन्।

‘पब्जी मोबाइल प्रो–लिग साउथ एसिया’को विजेता र उपविजेता बनेका दुई नेपाली टोलीले ७१ लाख रुपैयाँको पुरस्कार हात पारेका हुन्।

लिगमा नेपाली पब्जी टिम एबरुप्ट स्लेयर्स एएसएलले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ तथा दोस्रो स्थान हात पारेको अर्को नेपाली टोली ‘द रियल सोल्जर्स’ले २० हजार डलर अर्थात् नेपाली २३ लाख ७० हजार रुपैयाँ गरी समग्रमा ७१ लाख १० हजार रुपैयाँ जितेका हुन्।

एएसएलबाट विनय श्रेष्ठ, प्रज्वलजंग राई, निश्चल खड्का, तरुण रौनियार, सुजन बन्जारा, सौरभ आचार्य र रिजन खत्रीले खेलेका थिए। यस टोलीका व्यवस्थापकमा प्रकाश सापकोटा तथा टोली सञ्चालक रिजन खत्री हुन्।

यस्तै रियल सोल्जर्सबाट यूजन लामा, अजय श्रेष्ठ, गोल्जेन होल्मे, निमा तामाङ, विकास सेढाईंले खेलेका थिए। यस टोलीको व्यवस्थापन पनि प्रकाश सापकोटाले नै गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>