Breaking News

नेकपा विवाद : ओली सहमत नभएपछि प्रचण्ड-नेपाल समूहले डाके धुम्बाराहीमा बैठक

Banner

काठमाडौँ, कात्तिक २५-

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र विवाद चर्किए छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेपछि असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मगंलबार दिउँसो चार बजे पार्टी मुख्यालयमा औपचारिक सचिवालय बैठकका लागि समय तोकेका छन् ।

प्रधानमन्त्री ओलीले तीन दिन कुर्दा पनि औपचारिक बैठकका लागि तयार नभएपछि प्रचण्ड-नेपाल समूहले आफैले औपचारिक बैठकका लागि समय निर्धारण गरेको हो ।

यसअघि ओलीले प्रचण्डलाई सचिवालयको औपचारिक बैठक डाकेमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएपछि धुम्बाराहीमा प्रचण्ड-नेपाल समूहको अनौपचारिकरुपमा सचिवालय बैठक बसेको थियो ।

उक्त बैठकबारे सचिवालयका ९ जना सदस्यहरुलाई जानकारी गराए पनि ओली पक्षका तीन जना सदस्यहरु अनुपस्थित भएका थिए ।

ओली र प्रचण्ड–नेपाल समूह पार्टी एकतालाई संकटमा पारेको आरोपप्रत्यारोपमा उत्रिरहेका छन् । राजदूत नियुक्ति प्रकरणबाट नेकपमा उत्पन्न विवाद हाल आएर पार्टीको कार्यकारी अध्यक्ष को हो भन्नेसम्ममा पुगेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>