Breaking News
कोरोना संक्रमणका कारण मोरङमा एकैदिन ९ जनाको मृत्यु
०

विराटनगर, कार्तिक २५-
कोरोना संक्रमणका कारण मोरङमा एकैदिन ९ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरमा ८ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
संक्रमणका कारण विराटनगरमा आठजनाको अस्पतालमा मृत्यु भएको छ भने सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको हो ।
संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























