Breaking News

नेकपा अनुशासन आयोगले भन्यो : पार्टीमा आपसी आरोप प्रत्यारोप रोकौं

Banner

चितवन, कात्तिक २४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले पार्टी भित्र देखिएको आपसी आरोप प्रत्यारोप रोकेर यथासीघ्र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ ।

पार्टीमा ओली र प्रचण्ड–नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले सोमबार एक व्यक्तव्य जारी गर्दै आरोप प्रत्यारोप रोक्न आग्रह गरेका हुन् । बोहोराले नेतृत्वलाई विगतमा ठूलठूला विवाद अन्तरपार्टी संघर्षबाट समाधान गरेको स्मरण पनि व्यक्तव्यमा गराएका छन् ।

पार्टी एकतादेखि स्थायी र केन्द्रीय कमिटीका निर्णयहरु कार्यान्वयन नभएको भन्दै अनुशासन आयोगका अध्यक्ष बोहोराले भनेका छन्, ‘२६ भदौको स्थायी कमिटी बैठकले कार्यान्वयनका निमित्त गरेका निर्णयहरु समेत आजपर्यन्त अलपत्र छन् । बरु त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको छ ।’ बोहोराले पार्टीमा अहिले देखिएको विवादको पनि विधान बमोजिम समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाऔं ।’

नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गरेको अवस्थामा नेताहरुबीच सार्वजनिरुपमा नै आरोप प्रत्यारोप चलिरहेको समयमा अनुशासन आयोगले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>