Breaking News
राष्ट्रिय जनगणना प्रक्षेपण : ३ करोड जनसंख्या, ७० लाख घरपरिवार
०

काठमाडौं, कात्तिक २४-
सरकारले नेपालमा एक दशकपछि आगामी वर्ष (वि.सं. २०७८) मा हुनलागेको राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या ३ करोड र परिवारको संख्या ७० लाख हुने प्रारम्भिक अनुमान गरिएको छ ।
उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने अनुमान गरिएको छ । जनसंख्या समेत ३ करोड नाघ्ने छ ।
राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या ३ करोड १ लाख ४२ हजार २ सय ६६ रहेको छ ।
नेपालको १२औँ जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाटै शुरु गरिएको थियो । चालु आवमा भने सक्ने लक्ष्य छ । विभागले २५ जेठ २०६८ बाट ८ असार २०६८ सम्म १५ दिन जनगणना गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























