Breaking News

चितवनमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, मृतकको संख्या ७३ पुग्यो

Banner

चितवन, कार्तिक २३–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या पाँच हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका अनुसार आइतबार अपरान्हसम्ममा संक्रमितको संख्या पाँच हजार १० पुगेको छ । जसमध्ये पुरुष तीन हजार छन् भने महिला २ हजार १० जना छन् ।

जिल्लामा सबैभन्दा धेरै संक्रमितको संख्या भरतपुर महानगरपालिकामा रहेको छ । महानगरमा संक्रमितको संख्या तीन हजार ४६० रहेको छ । जसमध्ये २ हजार १८ जना पुरुष र एक हजार ४४२ जना महिला रहेका छन् ।

यसैगरि खैरहनी नगरपालिकामा संक्रमितको संख्या ६२८ रहेको छ । जसमध्ये ३८३ जना पुरुष र २४५ जना महिला रहेका छन् ।

त्यस्तै खैरहनी नगरपालिकामा संक्रमितको संख्या ३५५ रहेको छ । जसमा २२९ जना पुरुष र १२६ जना महिला रहेका छन् ।

यसैगरि राप्ती नगरपालिकामा संक्रमितको संख्या २८५ पुगेको छ । यहाँ १८७ जना संक्रमित पुरुष छन् भने ९८ जना महिला रहेका छन् ।
त्यसैगरि पूर्वी चितवनको कालिका नगरपालिकामा संक्रमितको संख्या १४९ पुगेको छ । यहाँ ८४ जना पुरुष र ६५ जना महिला संक्रमित छन् ।

यस्तै सुरुवाती चरणमा धेरै संक्रमित फेला परेको माडी नगरपालिकामा अहिले संक्रमणदर निकै घटेको छ । माडीमा हालसम्म १०२ जना मात्रै संक्रमित छन् । यहाँ ७८ जना पुरुष र २४ जना महिलामा संक्रमण फेला परेका छ ।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा सबैभन्दा कम संक्रमित फेला परेका छन् । यहाँ हालसम्म संक्रमितको संख्या जम्मा ३१ रहेको छ । जसमध्ये २१ जना पुरुष र १० जना महिला छन् ।

निको हुनेको संख्या तीन हजार नाघ्यो

चितवनमा जति संक्रमितको संख्या बढ्दै छन् उत्तिकै निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । जिल्लामा आइतबार बेलुकासम्ममा तीन हजार ३१४ जना संक्रमित निको भइसकेका छन् ।

भरतपुर महानगरपालिकामा दुई हजार २२२ जना संक्रमित निको भइसकेका छन् । यस्तै रत्ननगर नगरपालिकामा ४२७ जना, खैरहनी नगरपालिकामा २४५ जना, राप्ती नगरपालिकाका २१६ जना, कालिका नगरपालिकाका १०१ जना, माडी नगरपालिकाका ७९ जना र इच्छाकामना गाउँपालिकाका २४ जना संक्रमित निको भइसकेका छन् ।

मृतकको संख्या ७३ पुग्यो

चितवनमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । जिल्लामा कोरोना संक्रमणबाटै ७३ जनाको मृत्यु भएको छ ।

जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

यस्तै खैरहनी नगरपालिकामा ९ जना, रत्ननगर नगरपालिका र राप्ती नगरपालिकामा ८/८ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै कालिका नगरपालिकाका ६ जना संक्रमितको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>