Breaking News
चितवन मेडिकल कलेजमा लमजुङका कोरोना संक्रमितको मृत्यु
०

चितवन, कार्तिक २३–
चितवनमा आज (आइतबार) थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरुषको आज विहान ४ः०७ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । ज्वरो र खोकीको समस्या भइ कार्तिक २० गते ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो ।
कार्तिक २० गते नै श्वास संकलन गरी कोरोना परीक्षण गर्दा कार्तिक २१ उहाँमा कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कोभिड आइसीयूमा उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।
चितवनमा हिजो एकैदिन दुई जना संक्रमितको मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























