Breaking News
अमेरिकी चुनाव २०२० : बाइडेन ४६ औँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ, कात्तिक २२-
गत मंगलबार भएको ४६ औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित हुने निश्चित भएको छ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।
२० इलेक्टोलर सिट भएको पेन्सेल्भिनियामा बाइडेनले सहज अग्रता बनाएसँगै राष्ट्रपतिमा उनको चयन निश्चित भएको सिएनएनले बताएको छ ।
११ सिट भएको एरिजोना र ६ सिट भएको नेभाडामा बाइडेन सहज अग्रतामा छन्। १६ सिट भएको जर्जियामा भने उनी झिनो मतका साथ अग्रस्थानमा छन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो निर्वाचनमा जित हासिल गरेका विस्कन्सिन र मिसिगन जितेसँगै बाइडेनका लागि ह्वाइट हाउसको यात्रा सहज बन्दै गएको थियो ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।
























