चितवन विशेष

चितवन बारको अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी विजयी

Banner

चितवन,कार्तिक २२-

चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा रामकृष्ण आधिकारी निर्वाचति हुनुभएको छ । शुक्रबार भएको २१ औं कार्यसमितिको निर्वाचनमा प्रगतिशिल तथा पेसागत कानुनी व्यवसायी संगठन (पिएलए) प्यानलका तर्फबाट अधिकारी अध्यक्ष निर्वाचित हुनुभएको हो । तीन पद बाहेक सबैमा पिएलए विजयी भएको छ ।

कोरोना महामारीका विच सम्पन्न चुनावमा १९० मत खसेको थियो । बारमा कुल १९८ सदस्य छन । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारीले १०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी डिएलएका डा. हरिहर पोखरेलले ८० मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा भने डिएलएका मुन्ना विक्रम खाती ९७ मतले निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी पिएलएका उपाध्यक्ष रामचन्द्र देवकोटाले ८० मत प्राप्त गर्नुभयो । उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षदमा भने डिएलएका निर्वाचित भएका छन् ।

सचिवमा विनोद मिश्र ९९ मत, कोषाध्यक्षमा बद्रीनाथ पण्डित ९८ मत , सहसचिवमा शोभा भट्टराईले १०६ मत सहित निर्वाचित हुनुभएको छ । सदस्यहरुमा कुलचन्द्र खनाल १०० मत, जनकराम पौडेल ९८, रामनाथ घिमिरे ९१, कृष्णप्रसाद पन्त ९६, अजयकुमार तामाङ ९६, विकास गुरुङ १०४, सपि मिया ८२ र डिएलकी तृष्णा न्यौपाने १०१ मत सहित निर्वाचित हुनुभएको छ ।

केन्द्रीय पार्षदमा टेकनाथ अधिकारी १०२ मत, शिवराम महतो ९७, नुनराज सिलवाल ११२, पासाङ लामा १००, वामदेव अधिकारी १०६, जीवनज्योति विश्वकर्मा ९१, नारायण गिरी ८९ र डिएलएका गोमा न्यौपाने भण्डारी ९१ मत प्राप्तगरी निर्वाचित हुनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>