Breaking News
राप्ती नदीले बगाउँदा भरतपुरकी एक महिला मृत फेला , एकजना बेपत्ता

चितवन कात्तिक २१-
चितवनमा राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता भएकी छिन ।
भरतपुर महानगरपालिका २३ स्थित सामुदायिक बनको दोभानबाट राप्ती नदिले बगाउँदा महानगरपालिका -२४ वस्ने ४५ वर्षिय श्रीमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको हो । अर्को एकजना भरतपुर -२४ कै ५५ वर्षिय मनकुमारी तामाङ बेपत्ता भएको जिप्रका चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले बताए ।
दाउरा खोज्न जाने क्रममा आज(शुक्रबार) दिउँसो १२ बजेको समयमा नदीले बगाउँदा बेपत्ता भएको जिप्रका चितवनका प्रवक्ता थापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यलय गितानगर र दिब्यनगरबाट प्रहरी टोलिले घटनास्थल देखी १ कि.मि तल घलानको शव फेला पारेको जिप्रका चितवनले जनाएको छ ।
बेपात्ता तामाङको प्रहरी, स्थानियबासी र आफन्तको सहयोगमा खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।
























