Breaking News

प्रचण्डले बोलाए दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक, ओली पक्ष भन्छ : जानकारी छैन

Banner

काठमाडौं, कार्तिक २१-

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच आपसी विवाद तीब्र भइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको आनौपचारिक बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठक पनि नबस्ने र बहुमतको निर्णय पनि नमान्ने अडान लिइरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन्।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले बतायो ।

यता प्रधानमन्त्री ओली निकट सचिवालय सदस्यहरुलाई भने बैठकका बारेमा कुनै जानकारी नआएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>