अन्तर्वार्ता

जापान उच्च शिक्षाको लागि भरपर्दाे रोजाइ आकारुई : प्रवन्धक पौडेल

Banner

 

प्रज्वल पौडेल चितवनको शैक्षिक क्षेत्रमा चिरपरिचित नाम नै हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा २०४५ साल माघ २७ गते जन्मिएर चितवन माविबाट एसएलसी उतीर्ण गर्नुभएको उहाँ शान्ति एकेडेमीबाट व्यवस्थापनमा १२ कक्षा उतीर्ण गर्नुभयो । कलेज र विद्यालयमा जापानको विकास तथा प्रगतिको बारेमा धेरै नै सुनेपछि उहाँलाई सानै उमेरमा जापान जाने हुटहुटी जाग्यो । जसको फलस्वरुप पौडेलले जापान गएर सूचना प्रविधिमा उच्च शिक्षा हासिल गर्ने अभिलाषा राख्नु भयो । जहाँ इच्छा त्यहाँ उपाय भनेझै उहाँ सन् २००८ मा उच्च शिक्षा अध्ययनको लागि जापान पुग्नुभयो ।

जापानमा दुई वर्ष भाषा कक्षा र दुई वर्ष सूचना प्रविधिमा डिप्लोमा तहको अध्ययन पूरा गरेपछि एक वर्ष सूचना प्रविधि क्षेत्रमा नै काम गरेर उहाँ देशमा नै केही गर्ने अभिलाषा बोकेर नेपाल फर्कनुभयो । नेपाल फर्किएपछि जापानमा सिकेको भाषा र सीपलाई नै जीवनभर अपनाउने उद्देश्यले नारायणगढको शहिदचोकमा आकारुई कन्सल्टेन्सी प्रालि स्थापना गर्नुभयो । आकारुईको अर्थ जापानिज भाषामा उज्यालो हुन्छ । उहाँले सुरु गरेको जापानिज शिक्षाको शैक्षिक कन्सल्टेन्सी अहिले आफ्नो क्षेत्र विस्तार गरेर पोखरासम्म पुग्न सफल भएको छ । आकारुईको शाखा अहिले पूर्वी चितवनको सौराहा चोक र पोखरा पनि रहेका छन् । कन्सल्टेन्सीको व्यवस्थापनमा व्यवस्त जीवनशैलीका बाबजुद पनि फुर्सदको क्षणमा गितार बजाउन, फुटबल र क्रिकेट खेल्न रुचाउने पौडेलसँग नारायणी अनलाइनले व्यवसायिक वार्ता गरेको छ । प्रस्तुत छ वार्ताको सम्पादित अंश :

प्रश्न : शैक्षिक कन्सल्टेन्सीको भीडमा आकारुई नै किन ?

आकारुई जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि विशुद्ध परामर्श दिने चितवनको अग्रज कन्सल्टेन्सी हो । जापानको विभिन्न शहरमा रहेका कलेज तथा विश्वविद्यालयसँगको राम्रो सहकार्यले गर्दा पनि विद्यार्थी तथा अभिभावकहरुले उच्च शिक्षाको क्रममा कुनै कठिनाई भोग्नु परेको छैन । कोभिड महामारीको कारणले पनि अनलाइन मार्केटिङ र अनलाइन कक्षाहरु सफलरुपमा सञ्चालन गरिरहेकोले देशभरका विद्यार्थीहरु भाषा सिक्न र राम्रो परामर्श लिएर जापान जान हाम्रो कन्सल्टेन्सीमा आउने गर्छन् ।

हरेक वर्ष जापानका विभिन्न कलेज तथा विश्वविद्यालयहरुको आमन्त्रणमा म जापान पुग्ने गर्छु । त्यहाँ जादा आफ्ना विद्यार्थीहरुसँग भेटघाट भइरहन्छ । विद्यार्थीहरुको बारेमा बुझ्ने अवसर पनि प्राप्त हुन्छ । सबै विद्यार्थीहरुले राम्रा्े गरिरहेको देख्दा मन प्रफुल्लित हुने गर्छ । भाषा सिक्दादेखि जापान पुगेर काम गर्दासम्म पनि आवश्यक सहयोग र सल्लाह दिने भएकोले पनि हाम्रो कन्सल्टेन्सीले सधै राम्रो काम गरिरहेको मलाई अनुभूति हुन्छ । हामीले झण्डै एक दशकको अवधिमा आर्जन गरेको विद्यार्थी तथा अभिभावकको विश्वास र मायाले गर्दा पनि हामी सबैको रोजाइमा पर्ने गरेका छौं ।

प्रश्न : उच्च शिक्षाको लागि जापान कस्तो छ ? तपाइँहरुको प्राथमिकतामा कुन तहको विद्यार्थीहरु छन् ?

१२ कक्षा र स्नातक तह उतीर्ण गरेका विद्यार्थीहरु विशेष गरेर हाम्रो प्राथमिकतामा छन् । स्नातक तह उतीर्ण विद्यार्थीहरुले दुई वर्ष भाषा कक्षा पास गरेपछि सिधै कामको भिसा प्राप्त गर्छन् भने १२ कक्षा उतीर्ण विद्यार्थीलाई भने केही समय बढी लाग्छ । सूचना प्रविधि र विकासमा सम्पन्न देश जापानमा विद्यार्थीहरुले सूचना प्रविधि, एनिमेसन, मेकानिकल जस्ता व्यवसायिक कोर्स पढ्ने अवसर प्राप्त गर्छन् भने सिधै विश्वविद्यालय पढ्ने पनि अवसर प्राप्त गर्छन् ।

विद्यालयमा निकै मेहनत गरेर पढाइलाई प्राथमिकता दिने विद्यार्थीहरुको लागि जापान निकै राम्रो गन्तव्य हो । कलेज तथा विद्यालयमा ९० प्रतिशत विद्यार्थीको हाजिरी अनिवार्य मानिन्छ । नियमित पढ्ने र अनुशासित विद्यार्थीहरुको लागि भविष्यमा छात्रवृत्ति र कामको राम्रो अवसर पाउन जापानमा निकै सजिलो छ । दिनको १८ घण्टा काम गरेर कक्षा कोठामा निदाउने विद्यार्थीहरुको लागि भने जापानमा बस्न सहज छैन । मेहनती र अनुशासित विद्यार्थीहरुले जापान सरकारले दिने र कलेजले दिने मासिक ६० हजार जापानिज ऐनसम्म छात्रवृत्ति प्राप्त गर्छन् ।

कोरोनाको कारणले अहिले भने ट्युशन फि तिरेर बसेका विद्यार्थीहरुले पनि सहज अवस्थामा जान पाएका छैनन् । २०२१ को जनवरी र अप्रिलसम्ममा जापान जान पाउने कुरा आएको छ । अहिले कोरोनाको कारणले जापानिज राजदूतावासले तोकेको मितिमा मात्र भिसा अन्तर्वार्ता हुने भएकोले पनि कतिपय विद्यार्थीहरुले बिना अन्तर्वार्ता पनि भिसा प्राप्त गर्न सफल भएका छन् । १४ दिन जापानको महंगो होटलमा क्वारेन्टिनमा विद्यार्थीहरु बस्नुपर्ने भएकोले पनि तत्काल जानु भन्दा केहीपछि जादा नै आर्थिकरुपले फाइदा हुने देखिन्छ । कोरोना महामारीको कारणले पनि जापानमा ढिला नै भए पनि विद्यार्थीहरुलाई सहजरुपमा भिसा उपलब्ध गराइरहेको छ ।
जापानको कलेजहरुले सीओईसँगै हामीसँग पैसा माग्छ तर राजदूतावासले भने इमेलमार्फत् भिसा अन्र्तवार्ताको मिति धेरै पछि दिने गरेको छ । जुन विषयलाई अभिभावकले पनि बुझ्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।

प्रश्न : जापानको शिक्षाको मुख्य विशेषता के हो ?

जापानले सैद्धान्ति शिक्षा भन्दा पनि प्रयोगात्मक शिक्षालाई विशेष प्राथमिकता दिने गर्छ । पढेर बुझ्ने भन्दा पनि परेर बुझिन्छ भन्ने उनीहरुको मान्यता छ । विद्यार्थीहरुले शत प्रतिशत रोजगारीको अवसर पाउने गरेका छन् । जापानमा शैक्षिक बेरोजगारी नै छैन । एन थ्रीसम्म भाषामा स्कोर ल्याउने विद्यार्थीहरु सजिलै जापानमा पढ्नको लागि आवेदन दिन सक्छन् । अंग्रेजी विषयमा कमजोर विद्यार्थीहरुको लागि पनि जापान राम्रो गन्तव्य हो । जान बस्न र काम खोज्न सजिलो भएकोले पनि जापानमा उच्च शिक्षा लिन जाने विद्यार्थीको आकर्षण बढ्दो छ ।
अर्काेतर्फ जापानको शहरहरुको मौसम पनि नेपालका शहरहरुसँग मिल्दोजुल्दो भएकोले नेपाली विद्यार्थीहरुलाई त्यहाँ बस्न निकै सहज छ ।

धन्यवाद !

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>