Breaking News
ठूलो राजनीतिक सङ्कट आउन सक्छ, सामना गर्न तयार रहन मन्त्रीहरुलाई ओलीको निर्देशन
०

काठमाडौँ, कातिक २०-
सत्तारूढ नेकपा पछिल्लो समय चरम विवादबाट गुज्रिइरहेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक सङ्कट देखापर्न सक्ने भन्दै सामना गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
तर प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डलाई भेट्नुअघि पार्टीमा ठूलै संकट आउन लागेको र त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
उनले आज आफूअनुकुल मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
यस्तै आज बस्ने भनिएका मन्त्रिपरिषद् बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश पनि ल्याउन सक्ने आंकलन गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























