Breaking News
विवादका बीच प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा
०

काठमाडौँ कात्तिक २०-
लामो विवादका बीच नेकपा अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन्।
ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।पार्टी स्रोतका प्रचण्ड करिब १२ बजे बालुवाटार गएका छन्। प्रचण्डले ५ दिनपछि ओलीलाई भेटेका हुन्।
ओली पक्षले प्रचण्ड र ओलीबीच पहिले छलफल र समझदारी हुनुपर्ने अनि मात्रै कमिटि बैठक डाकिनु पर्ने अडान लिएको छ भने प्रचण्ड पक्षले अब प्रचण्ड र ओलीबीचको छलफलको कुनै अर्थ नरहेकाले सिधै सचिवालय बैठक डाक्नु पर्ने अडान लिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























