Breaking News

भरतपुर अस्पतालमा हेटौंडाका कोरोना संक्रमित पुरुषको मृत्यु

Banner

चितवन, कार्तिक २०–

चितवनमा आज (बिहीबार) विहान थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय पुरुषको आज विहान १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कार्तिक १५ गते नै कोरोना भाइरस संक्रमण पुष्टि भएका ती पुरुषमा श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक १८ गते भरतपुर अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>