Breaking News

अमेरिकी चुनाव २०२० : जितको नजिक पुग्दै बाइडेन, ‘हडबडी’ मा ट्रम्प

Banner

काठमाडौँ, कात्तिक २०-

जारी मत गणनामा पछि पर्दै गएपछि धाँधलीको आरोप लगाउँदै डोनाल्ड ट्रम्पले अदालत जाने चेतावनी दिइरहेका बेला राष्ट्रपतिको चुनावमा उनका प्रतिद्वन्दी जो बाइडेनले सत्ता कसैले कब्जा गर्ने कुरा नभई नागरिकले सुम्पने चिज भएको बताएका छन्।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन गर्दै उनले भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’

ट्रम्पको चुनावी अभियानले मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाउँदै उजुरी गर्ने घोषणा गरेको छ ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले ट्रम्पको नाम नलिईकन उनीविरुद्ध चेतावनीयुक्त भाषण गरेका हुन्। त्यस क्रममा बाइडेनले राष्ट्रिय एकताको कुरा पनि गरे।

अमेरिकाको राष्ट्रपति हुन २७० इलेक्टोरल भोट ल्याउनुपर्छ।

मिसिगन राज्यमा जित हासिल गर्नेबित्तिकै बाइडेन लक्ष्यनजिक पुग्ने देखिएको सञ्चारमाध्यमले जनाएका छन्।

न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।

अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>