कर्पोरेट

ज्योति लाइफ इन्सुरेन्सका ३० अभिकर्ता सम्मानित

Banner

चितवन, कात्तिक १९-

ज्योति लाइफ इन्सुरेन्सले कावासोती, नारायणगढ र टाँडीमा कार्यरत ३० जना अभिकर्ताहरुलाई बुधबार सम्मानित गरेको छ ।

गत आर्थिक वर्षमा राम्रो व्यापार गरे वापत उनीहरुलाई सम्मानित गरिएको इन्सुरेन्सका क्षेत्रीय बिक्री प्रवन्धक ईश्वरविकल सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । कार्यक्रममा नारायणगढकी एजेन्सी म्यानेजर अमृता महतोले स्कुटर प्राप्त गर्नु भएको थियो । कार्यक्रममा इन्सुरेन्सका क्षेत्रीय बिक्री प्रबन्धक सापकोटाले इन्सुरेन्सको समग्र योजनाहरु र आगामी वर्षको लक्ष्यको बारेमा अवगत गराउनु भएको थियो । कम्पनीले नेपालका १९ वटा लाइफ इन्सुरेन्स कम्पनीहरु मध्ये ज्योति लाइफ इन्सुरेन्स कम्पनी तीन वर्षमा नै उत्कृष्ट सात कम्पनीमा पर्न सफल भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>