Breaking News

काठमाडौं आइपुगे भारतीय सेनाप्रमुख नरवणे

Banner

काठमाडौं, कार्तिक १९-

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

बुधबार मध्यान्ह भारतीय सेनाको विशेष विमानमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आएका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा सेनाप्रमुख नरवणे नेपाल आएका नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको सैनिक श्रोतले बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

बुधबार सेनाध्यक्ष नरवणेको एयरपोर्टबाटसिधैँ होटल सोल्टीमा जाने र त्यसपछि साँझ पशुपति दर्शनमा जाने कार्यक्रम रहेको सैनिक श्रोतले जनाएको छ ।

बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जंगी अड्डाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। निरीक्षणपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>