मकवानपुर

हेटौँडामा भ्यू टावर र उद्यान निर्माण शुरु

Banner

वाग्मती, कात्तिक १८–

वाग्मती प्रदेशको राजधानी हेटौँडामा पर्यटक आकर्षित गराउन, राजधानीको गरिमा बढाउन तथा व्यवस्थित गर्नका लागि हेटौंडा उपमहानगरपालिकामा दृश्यावलोकन स्तम्भसहितको उद्यान निर्माण शुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको रु तीन करोड ७५ लाखको लागतमा हेटौँडा वडा नं १३ स्थित ठूलोथलीमा उक्त भ्यूटावर निर्माण शुरु भएको हो । बहुवर्षीय कार्यक्रम योजनाअन्तर्गत शुरु भएको पाँचतले टावरको निर्माणमा उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा रु २४ लाख बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पर्यटकीय क्षेत्रको सम्भावना रहेकाले त्यहाँ भ्यूटावर निर्माण गर्न लागिएको बताउँदै त्यस क्षेत्रमा बालोद्यान, वनभोजस्थलसहितको उद्यँन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

उद्यान विभिन्न जनावरको मूर्तिसमेत राखिने बताइएको छ । यसैबीच हेटाँैडा – ५ क्याम्पाडाँडा चौरलाई व्यवस्थित खेल मैदान बनाउन शुरु भएको छ । उपमहानगरपालिकाले विभिन्न वडाका खेल मैदानलाई व्यवस्थित बनाउने कार्यक्रमअन्तर्गत उक्त चौरलाई खेलकूद मैदानका रुपमा व्यवस्थित गर्न लागेको बताइएको छ । यसअघि खेलकूद कार्यक्रम भए पनि चौर व्यवस्थित नहुँदा समस्या आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>