Breaking News

भरतपुरको पुल्चोक-गोन्द्राङ सडकलाई ६ लेनको बनाउन सर्भेको काम सुरु

Banner

चितवन,कार्तिक १८-

नारायणगढ बजारको पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउन सर्भेको काम सुरु गरिएको छ । सडक डिभिजन भरतपुर कार्यालयका इन्जिनियर शिव खनालका अनुसार सोमबारबाट निर्माण कम्पनी इण्डो सगुन जेभीसंगै सर्भेको काम सुरु गरिएको हो । सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सो निर्माण कम्पनी छनोट भइसकेको छ ।

हाल दुईलेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको हो । सडक सिमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–वुटवल सडकखण्डकै आधारमा यो सडक निर्माण गरिने सडक डिभिजन भरतपुर कार्यालयका इन्जीनियर विजय दराइले बताउनुभयो । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्टाइएको छ । यस्तै छुट्टै टेण्डर मार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सो सडकखण्डमा विद्युत अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ ।

भरतपुर विमानस्थल अगाडीका केही घर सडकको ५० मिटर सीमा परिधिभित्र परेका छन् । सर्भेका क्रममा चार घर सडकको सीमाभित्र परेको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक सीमा अतिक्रमण गरेर बनाएका ती घर सडक विस्तारका लागि भत्काइनेछ । अन्य कुरामा कुनै समस्या नरहेको भरतपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिका भित्र हाल आँपटारीदेखी केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास सडक विस्तारको काम भइरहेको छ ।

पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताउनुभयो । यो सडक बनेपछि भरतपुरको स्वरुप नै परिवर्तन हुने उहाँको भनाई छ । प्रदेशसभा सांसद विजय सुवेदीले सडकलाई सौन्दर्यकरणसहित आकर्षक हरियाली सडकको रुपमा विस्तार गरिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>