Breaking News
चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट थप तीनजना पुरुषको मृत्यु

चितवन कात्तिक १७-
चितवन मेडिकल कलेज भरतपुरमा तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका २ जना पुरुष र देवचुली नगरपालिका नवलपुरका एक पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।
चितवन मेडिकल कलेजको काभिड आइसयिुमा तीन जनाकै मृत्यु भएको अस्पतालका प्रेष संयोजक डा. किशोर अधिकारीले बताए ।
मृत्यु हुनेमा एकजना भरतपुर ४ निवासी ६३ वर्षिय पुरुष रहेका छन् । उनी कात्तिक १२ गते अस्पतालको कोभिड आइसियुमा भर्ना भएका थिए भने १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका समेत बिरामी रहेका उनको हिजो (आइतबार) राती ९:१५ मा मृत्यु भएको प्रेष संयोजक डा. अधिकारीले जानकारी दिए ।
यस्तै अर्का ५३ वर्षिय पुरुष भरतपुर ३ का रहेका छन् । उनमा १३ गते कोरोना पुष्टि भएको थियो । हिजो आइतबार कात्तिक १६ मा अस्पताल भर्ना भएको आधा घण्टामै राती ९ : ४३ मा मृत्य भएको हो । उनमा पनि मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ।
यसैगरि मृत्यु हुनेमा नवलपुर देवचुली ११ का ८० वर्षिय पुरुष पनि रहेका अस्पतालले जानकारी दिएको छ । कात्तिक १६ मा अस्पताल भर्ना भएका उनमा १४ गते कोरोना देखिएको थियो । उनको आइतबार राती ११ : २६ गते कोभिड आइसियुमा मृत्यु भएको डा.अधिकारीले बताए । उनमा अन्य रोग या समस्या नरहेको अस्पतालले जानकारी दिएको छ ।
























