Breaking News
पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु
०

काठमाडौँ कात्तिक १६–
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ भने २ हजार ३ सय ८६ जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























