Uncategorized

भरतपुरमा ‘ओभर टेक’ गर्न खोज्दा मोटरसाइकल दुर्घटनाः छोराको मृत्यु, बाबु घाइते

Banner

चितवन,कार्तिक १६-

चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन । आज (आइतबार) भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकमा ग्याँस बुलेटमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ५ बस्ने २४ वर्षिय मनोज सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । मोटरसाइकल चालक ४८ बर्षिय खडक बहादुर सुनार घाइते भएका छन । मृत्यु हुने छोरा र घाइते हुने बाबु रहेको प्रहरीले जनाएको छ ।

पुर्वपश्चिम लोकमार्गमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको नम्बरको ग्यास बुलेटमा सोही दिशाबाट आउँदै गरेको ना ४२ प ९७१५ नम्बरको मोटरसाइकलले ओभर टेक गर्ने क्रममा ग्यास बुलेटको बिच भागमा ठोकीन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले बताउनुभयो ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ । मृतकको शव भरतपुर अस्पतालमा परीक्षणका लागि राखिएको छ । ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>