चितवन विशेष
संचारकर्मी चौधरीलाई पितृ शोक
०

चितवन, कार्तिक १६–
उपन्यासकार एवंम संचारकर्मी मनोज चौधरी (अज्ञात) लाई पितृ शोक परेको छ ।
टुकी उपन्यासका लेखक एवंम थारु पत्रकार संघ चितवनका उपाध्यक्ष समेत रहेका चौधरीका बुबा शिखाराम महताको आफ्नै निवास भरतपुर–२५, शुक्रनगरमा आज (आइतबार) विहान ६ बजे निधन भएको हो ।
स्वर्गीय महतो लामो समयदेखि रक्तक्यान्सर, सिभर एनिमियाको बिरामी थिए । चौधरीको आज नै देवघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय चौधरीका दुई श्रीमतीसँगै जेठीका तर्फबाट तीन छोरी तथा कान्छीका तर्फबाट एक छोरी र दुई छोरा गरि ६ सन्तान छन् । मनोज कान्छा छोरा हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























