चितवन विशेष

घडियाल गोही संरक्षणका लागि युवाहरुलाई प्रशिक्षण

Banner

चितवन, कार्तिक १५–

विश्वमै दुर्लभ रहेको घडियाल गोहीको संरक्षणका लागि युवाहरुलाई प्रशिक्षण दिइएको छ ।

‘संरक्षणका लागि एकता नेपाल’ संस्थाले शनिबार सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा संरक्षणमा क्षेत्रमा कार्यरत युवाहरुलाई घडिया गोहीको उद्धार तथा संरक्षणको बारेमा प्रशिक्षण दिइएको हो । संस्थाका अध्यक्ष विमलकान्त डल्लाकोटीले दुर्लभ प्राणी घडियालको संरक्षणमा चुनौती थपिदै गएकाले यसलाई जोगाउनका लागि प्रशिक्षण कार्यक्रम गरिएको बताउनुभयो । उहाँले विगतका वर्षहरुदेखि नै समुदायमा सचेतना फैलाउने देखि युवाहरुलाई प्रशिक्षण दिएर घडियाल गोही संरक्षणमा लागि परेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अननाथ बरालले घडियाल गोहीको संरक्षणमा चुनौती थपिएकाले सबै क्षेत्रबाट एकजुट भएर लाग्ने बेला आएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछाने र सर्पको उद्धारमा खटिने सर्प विज्ञ सुनिल सापकोटाले संरक्षण र उद्धारको बारेमा प्रशिक्षण दिएका थिए ।

यमबहादुर लामाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव, चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहाका प्रमुख प्रकाश उप्रेती, लोथर उपभोक्ता संस्थाका अध्यक्ष मानबहादुर स्याङबो, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, चरा विज्ञ बासु बिडारीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>