Breaking News

देशभर २ हजार ३६४ जना कोरोना संकमित थपिए,मृतकको संख्या ९ सय नाघ्यो

Banner

काठमाडौँ कात्तिक १३-

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७९ को पीसीआर गर्दा २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । त्यस्तै, बिहीबार ३ हजार ३८ जना डिस्चार्ज भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ जना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>