Breaking News

चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० नाघ्यो, ३९४७ जना संक्रमित

Banner

चितवन,कार्तिक १२-

चितवनमा कोरोना (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ । आजसम्म जिल्लाभर कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको हो । मृत्यु हुने अधिकांस भरतपुर महानगरपालिकाका छन । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाका मात्रै ३१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै खैरहनी नगरपालिकाका ४ जना , रत्ननगर र राप्ती नगरपालिकाका ६/६ जना, कालिका नगरपालिकाका ५ जनाको मृत्यु भएको छ । माडी नगरपालिका र इच्छाकामना गाँउपालिकाका भने कुनै संक्रमितको मृत्यु भएको छैन ।

जिल्लामा ३९४७ जना कोरोना संक्रमित भएका छन । यस्तै जिल्लामा कोरोनामुुक्त हुनेको संख्या २१४४ पुगेको छ । अझै १७५३ जना आइसोलेसनमा उपचार गराइरहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>