Breaking News

दिल्लीविरुद्ध हैदराबादको शानदार जित

Banner

काठमाडौँ कात्तिक १२-

इण्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध शानदार जित निकालेको छ।

हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध ८८ रनको जित निकालेको हो । यो जितसँगै हैदराबादले आइपिएल–१३ को प्ले अफ पुग्ने आशा जिवितै राखेको छ।

हैदराबादले मंगलबार दुबईमा भएको खेलमा दिल्लीलाई जितका लागि २२० रनको चुनौती दिएको थियो। जवाफमा दिल्लीको टिम १९ ओभर खेलेर मात्र १३१ रन बनाउँदै अलआउट भयो।

हैदराबादका राशिद खानले चार ओभरमा मात्र सात रन दिएर चार विकेट लिए । सन्दिप शर्मा र टि नटराजनले दुई–दुई विकेट लिए।

दिल्लीका लागि ऋषभ पन्तले ३६ तथा अजिंक्य रहाणले २६ रन बनाए। हैदराबादका लागि ८७ रन बनाउने ऋद्धिमान साहा म्यान अफ द म्याच बने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>