चितवन विशेष

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Banner

चितवन,कार्तिक ११-

चितवनमा थप एक कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ बर्षिय पुरुषको मृत्यु भएको हो ।

स्वासप्रश्वासको समस्या भएर कार्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँलाई कार्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत विरामी हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>