Breaking News

पछिल्लो २४ घण्टामा  ५७० जना कोरोना संक्रमित  थपिए, १४ जनाको मृत्यु

Banner

काठमाडौँ कात्तिक ११–

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ रहेको छ भने २ हजार ९ सय ३२ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>