Breaking News

राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री ओलीले लगाए दसैँको टीका

Banner

काठमाडौँ कात्तिक १०–

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका तथा जमरा लगाएका छन्।

श्रीमती राधिका शाक्यसँगै शितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले टीका तथा जमरा लगाइदिएकी हुन्। सो क्रममा प्रधानमन्त्री पत्नी शाक्यलाई पनि राष्ट्रपतिले टीका लगाइदिएकी थिइन्। राष्ट्रपति भण्डारीले उनीहरुलाई जमराको माला लगाइदिएकी छन्।

विगतका वर्षहरुमा दसैँमा प्रधानमन्त्री र राष्ट्रपतिले सर्वसाधारणलाई पनि सार्वजनिक रुपमा दसैंँको टीका लगाइदिने कार्यक्रम हुन्थ्यो। यसपाली भने कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रद्द गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>