Breaking News

विश्वभर १ करोडभन्दा बढी सक्रिय संक्रमित, ७७ हजारको अवस्था गम्भीर

Banner

काठमाडौं,कार्तिक ९–

विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४६२ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ४ करोड २९ लाख २३ हजार ९४२ पुगेको छ । त्यसमध्ये ७७ हजार १९५ जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५५७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६५ हजार ७०५ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ५९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ७३६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख २७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>