Breaking News

प्रधानमन्त्री ओलीले दसैँको शुभकामनामा प्रयोग गरे लिम्पियाधुराबिनाको नक्सा

Banner

काठमाडौँ, कात्तिक ७-

दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन्।

प्रधानमन्त्रीले दसैँको शुभकामना दिनका लागि प्रयोग भएको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको छ तर उक्त छापमा रहेकाे नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग समेटिएको पाइएको छैन ।

प्रधानमन्त्रीले नै लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर विमति प्रकट गरेको छ ।

प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’, ‘गम्भीर विमती दर्ज होस् ।’

उनले अघि लेखेका छन्, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>