चितवन विशेष

भरतपुर महानगर प्रमुखद्धारा बडादसैंको शुभकामना, घरमै बसेर मनाउन अनुरोध

Banner

चितवन,कार्तिक ७ –

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बडादसैंको अवसरमा शुभकामना व्यक्र गरेकी छिन् । विहीबार एक शुभकामना वक्तव्य जारी गर्दै प्रमुख दाहालले भनेकी छिन्, ‘समस्त भरतपुर महानगरवासी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यस पटकको बडादसैं विश्वव्यापी रूपमा फैलिएको र नेपालमा पनि दिनानुदिन बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच विशेष सावधानीका साथ मनाउनुपर्ने अवस्था रहेको बताउँदै उनले कोरोनाबाट आफू जोगिने र घर परिवार, समुदायलाई यसको संक्रमणबाट जोगाउनु हामी सबैको सामुहिक जिम्मेवारी बनेको उल्लेख गरेकी छिन् ।

कोरोना माहामारीका बेला सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै व्यक्तिगत दूरी कायम गरी घरमै बसेर घरका परिवारसँग मितव्ययी र सरल ढंगले दसैं पर्व मनाउन सम्पूर्ण महानगरवासीहरुलाई प्रमुख दाहालको आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>