चितवन विशेष

हिन्दूराष्ट्र निर्माणका लागि एकजूट बनौंः सांसद श्रेष्ठ

Banner

माधव सापकोटा
चितवन, कार्तिक ६–

वाग्मती प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठले नेपालको पहिचान हिन्दुराष्ट्र रहेकाले आफुहरू संविधानमा हिन्दुराष्ट्र लेखाउन लागिपरेको र यसका निम्ति सबै एकजूट भएर लाग्नुपर्ने बताउनुभएको छ।

भरतपुर–४,लंकु, चितवनमा विशेष वास्तुकलाले युक्त जीर्णोद्धारात्मक श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिर नव निर्माणकार्यको सम्पूर्ति, अक्षयकोष एवम् भूमिदानका लागि सहयोग जुटाउने उद्देश्यले वर्तमान विषम परिस्थितिका कारण समयसापेक्ष ढंगले विशेषतः सञ्चारमाध्यमबाट दर्शन तथा प्रवचन श्रवण गर्न सकिने गरी आयोजना गरिएको विश्व जनजागरणात्मक एकमासव्यापी श्रीमद्भगवद्(राम(कृष्ण(कथामृत ज्ञान महायज्ञ २०७७ मा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मन्दिर एवम् मन्दिरद्वारा संचालित संस्कृत गुरुकुलका लागि सरकारबाट विशेष सहयोगका लागि पहल गर्ने र व्यक्तिगतरूपमा आफूलेसमेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

चरणगतरूपमा असोज १० गतेदेखि प्रारम्भ भई कार्तिक ९ गतेसम्म चल्ने यस महायज्ञमा नेपालका प्रसिद्ध कथाव्यासहरूको प्रवचन चलिरहेको छ । महायज्ञमा आज तुलसीकृत रामायणका नेपाली छायानुवादक अन्ताराष्ट्रिय ख्यातिप्राप्त विद्वान् आचार्य तुलसीराम शर्माले प्रवचन गर्नुभएको थियो। महायज्ञको अन्तिम चरणमा भोलिबाट २ दिन आचार्य शीतल कृष्ण महाराजले प्रवचन गर्नुहुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>