मकवानपुर

फूलपाती भित्र्याउने पर्व स्थगित

Banner

मकवानपुर, कात्तिक ६–

कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ । सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे पनि यसवर्ष कोरोना भाइरसका कारण स्थगन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका भुटनदेवी, चुरियामाई, गोरेक्षश्वर, मनकामना मन्दिर, चिसापानी र मकवानपुर गढीलगायत शक्तिपीठमा नित्य पूजाआजा मात्र गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणको भीड हुन नदिन प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>