Breaking News
कोरोना संक्रमित ३३ बर्षिय महिलाको भरतपुर अस्पतालमा मृत्यु
०

चितवन,कार्तिक ६-
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत तनहुँ शुक्लगण्डकी नगरपालिका घरभई हाल मकवानपुर हेटौडा ५ बस्ने ३३ बर्षिय महिलाको आज विहान ६ः१५ बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँ असोज ३० गते कोरोना संक्रमण सहित खोकी र स्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























