चितवन विशेष
कृष्ण महतोसहित तीन जना जिल्ला सचिवालय सदस्यमा मनोनित

चितवन, कार्तिक ५–
होटल व्यवसायी संघ चितवनले तीन जनालाई जिल्ला सचिवालय सदस्यमा मनोनित गरेको छ ।
संघको दोस्रो पूर्ण बैठकले इकाई अध्यक्षहरुबाट सर्वसम्मत निर्वाचित भइ नारायणगढ इकाईका अध्यक्ष कृष्ण महतो, जिल्ला सदस्यहरुबाट सर्वसम्मत निर्वाचित भई गोमा सापकोटार राजकुमार श्रेष्ठ (राजु) गरी तीन जना जिल्ला सचिवालय सदस्यमा चयन गरेको हो ।
संघको असोज २६ गते २५ औं वार्षिक साधारणसभा तथा २१ औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएपछि समितिलाई विस्तार गरिएको हो । होटल व्यवसायी संघ चितवनको ८ वटा इकाईहरु रहेका छन् । ती इकाई मध्येबाट एक जना सचिवालय सदस्यमा चयन हुने प्रावधान रहेको छ ।
सोही अनुरुप सबै होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै महतो सचिवालय सदस्य बन्न सफल भएका हुन् । उनी होटल व्यवसायीहरु माझ लोकप्रीय छन् । होटल ह्याप्पी होम नाराणगढका संचालक रहेका महतो सामाजिक कार्यमा समेत सक्रिय छन् ।
यस्तै बैठकले सदस्यहरुमा मनराज श्रेष्ठ र अनिल तिवारीलाई मनोनित गरेको छ भने हिमप्रसाद शर्मालाई सल्लाहकारमा चयन गरेको छ ।
























