Breaking News
पछिल्लो २४ घण्टामा ३०९३ जना कोरोना संक्रमित थपिए , २ हजार १०८ डिस्चार्ज
०

काठमाडौँ कात्तिक ४–
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २ हजार १०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ भने ४ हजार २ सय २० जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ६५ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























