Breaking News

बागमती प्रदेशका सबै मन्त्री र नेकपा सांसदको दसैं भत्ता नलिने, कोरोना कोषमा जम्मा गर्ने

Banner

चितवन,कार्तिक ३-

बागमती प्रदेशका सबै मन्त्री र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले दसैँ भत्ता नलिने भएका छन् । बागमती प्रदेशका सबै मन्त्री तथा नेकपाबाट निर्वाचित भएका सांसदहरुले दशै भत्ता बापत पाएको रकम कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन । देश कोरोनाको महामारिमा एकताबद्ध भएर जुधिरहेको अवस्थामा चाडपर्व खर्च वापत आएको मन्त्री र सांसदको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले संघिय र स्थानिय सरकारसंग समन्वय गरेर काम गरिरहेको जनाएको छ । संघिय सांसदहरुले दशै भत्ता बुझेको भन्दै विरोध आएपछि आजै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो । नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>