Breaking News
नेकपाको निर्णय: सबै सांसदले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने
०

काठमाडौं कात्तिक ३-
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै सांसदहरूले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको जानकारी दिए ।
नेम्वाङले सवैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























