Breaking News

चितवन मेडिकल कलेजमा भरतपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

Banner

चितवन, कात्तिक ३-

चितवनमा थप एकजना कोरोना संक्रमित बृद्ध पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत भरतपुर महानगरपालिकाका ७६ वर्षिय पुरुषको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका–१० का पुरुषको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित ती पुरुषमा असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>