चितवन विशेष

खैरहनीका वडा सदस्य पाण्डेको निधनमा कांग्रेस चितवनद्वारा शोक व्यक्त

Banner

चितवन, कात्तिक २-

खैरहनी नगरपालिका–१२ का कांग्रेसको क्रियाशिल सदस्य तथा जननिर्वाचित वडा सदस्य बद्रीबहादुर पाण्डेको शनिबार भएको निधनमा नेपाली कांग्रेस चितवनले शोक व्यक्त गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्ति प्रेषित गर्दै स्व पाण्डेलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेल्दै आउनुभएको राजनीतिक, सामाजिक र शैक्षिक व्यक्तित्व भनेर स्मरण गरेको छ । विज्ञप्तिमा पाण्डेको योगदानको उच्च मूल्यांकन गर्दै पार्टीले स्व. पाण्डेमा हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ । पाण्डेको ४१ वर्षको उमेरमा कोरोना संक्रमणको कारणले शनिबार भरतपुर अस्पतालमा निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>