Breaking News

जिम्मेवारीबाट पछि हट्दै सरकारले भन्यो – घरमै आइसोलेशनमा ज्यान गए शव व्यवस्थापन आफन्तबाटै गर्नु

Banner

काठमाडौँ, २ कात्तिक –

सरकारले कोरोना भाइरसको संक्रमणबाट घरमै आइसोलेशनमा रहेका बेला मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न पाउने व्यवस्था गरेको छ ।

सरकारले हालै ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि’ मा संशोधन गरी घरमै आइसोलेशनमा संक्रमितको निधन भएमा आफन्तले शव व्यवस्थापन गर्न पाउने व्यवस्था गरिएको हो ।

संशोधित कार्यविधिमा भनिएको छ, ‘व्यक्तिगत सुरक्षाका सामग्री लगाएर शवलाई र्‍याप गरी बडी ब्यागमा राख्ने काम सम्बन्धित आफन्तले नै गर्नु पर्छ । आइसोलेशनमा राखेको स्थानबाट शव बोक्ने गाडीसम्म शव पनि आफन्तले नै लैजानु पर्छ । शव बहान नभएको स्थानमा शव बोक्न प्रयोग हुने खट बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनु पर्छ र उनीहरुले सुरक्षा सामग्रीको प्रयोग गर्नु पर्छ ।’

कार्यविधिमा भनिएको छ, ‘कुनै व्यक्तिको घरकै आइसोलेशनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्छ ।

परिवारका सदस्यहरु र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिले सजगता अपनाई अन्त्येष्टि गर्नु पर्छ । यस्तो कार्यमा बच्चा र ६० वर्षभन्दा माथिका नागरिकसहित जोखिम समूहमा पर्ने व्यक्ति समावेश गराउनु हुँदैन ।’

परिवारका सदस्यहरूले अनुहार हेर्न चाहेमा बडी ब्यागमा राख्नुअघि नै दुई मिटर परबाट हेर्न सकिने कार्यविधिमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>